धनकुटाकी प्रजिताले पहिरिन प्रदेश १ स्तरिय मिस तामाङको ताज !

धनकुटा खबर, भाद्र २९ । १ नं प्रदेश स्तरिय मिस तामाङको ताज कुवापानी धनकुटाकी प्रजिता तामाङले पहिरिनुभएको छ । नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हिलेमा गएराती सम्पन्न ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै प्रदेश कै ताज पहिरिनुभएको हो ।

ग्राण्ड फिनालेमा सहभागी विभिन्न जिल्लाका १३ स्पर्धीलाई पछि पार्दै उहाँले मिस तामाङको ताज पहिरिनुभएको हो। उहाँले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कार सुरक्षित गर्नुभएको छ । मिस तामाङको उपाधिसँगै एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर उहाँले हाँसिल गर्नुभएको छ ।

त्यस्तै मिस तामाङको फस्ट रनरअपमा सुष्मा तामाङ घोषित हुनुभयो । उहाँले नगद १ लाख सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ भने सेकेण्ड रनरअप भएर मिना तामाङले नगद ५० हजार सहित आकर्ष गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ ।

विजेताहरुलाई फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा। रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उर्लाबारी घेदुङका राजु घिसिङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।