द भ्वाइस अफ नेपाल-२ मा छोरीलाई अडिसनको लागि दार्जिलिंगबाट लिएर आएका डेजी र चन्दन भन्छन: ‘सिमानाले देश छुट्टिए पनि नेपाली मन छुट्टिदैन’ – भिडियो

काठमान्डौ । भैसी लड्यो है माया भिरबाट हेर… यो कालजयी नेपाली लोक गीत सबैको मनमा बस्न सफल छ । दार्जिलिङकि गायिका डेजी बराइलीले आज भन्दा ४४ बर्ष पहिले गाएको यो गीत हरेक नेपालीको मानसपटलमा बस्न सफल गीत हो । यहि कालजयी गीत फेरी एकपटक सबै नेपालीको माझ गुन्जिएको छ ।चर्चित संगिङ्ग रियालिटी शो द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा दार्जीलिङकि बिमोचन लोम्जेलले यो गीत गाइरहदा कोचहरु मात्र झुमेनन उपस्थित दर्शक पनि झुमे । कोच दीपले कुर्सि घुमाएको केहीबेर मै सबै कोचले कुर्सि घुमाए ।

अर्थात् विमोचनाको आवाज मन पराए । परिचयका क्रममा थाहा भयो विमोचना लोम्जेल त्यिनै डेजी बराइलीकि छोरी रहिछिन । नेपाली सांगीतिक जगतको एक कालजयी गीतकि गायिका डेजी सबैको मनमा बस्न सफल नाम थियो । कोचहरुले नै बोलाउन भनेपछि विमोचनाले फ्याम्ली रुममा रहेका आमा बुवालाई बोलाइन । गायिका डेजी बराइली र संगीतकार चन्दन लोम्जेल स्टेजमा पुगेपछि सबै कोचले स्टेजमै स्वागत गरे, सम्मान गरे, खुसि साटे ।कोच दीपसंग पुरानो चिनजान भएका डेजी र चन्दन नेपाली गीत संगीतका कालजयी श्रस्टा भएको स्वयम् कोचहरुलेनै बताए ।

स्वर सम्राट नारायण गोपालको गीतमा समेत संगीत गरेका संगीतकार चन्दन लोम्जेलले जब हामी जहाँ बसेपनि नेपाली आमाको सन्तान हौ भनेपछि भ्वाइसको स्टेज तातेको थियो । कार्यक्रममा कोचहरुको अनुरोधपछि गायिका बराइलीले भैसी लड्यो गीत समेत गायकी थिइन । त्यिनै कालजयी गायिका र संगीतकारसंग सडक मिडियाले लिएको भिडियो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।