स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा बोकेको चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’ हलहरुमा
काठमाडौं- शुक्रबारदेखि सिनेमा हलमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को बिहीबार प्रिमियर गरिएको छ।
जय नेपाल हलमा गरिएको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार र अन्य कलाकारको पनि उपस्थिति थियो। चलचित्रका कलाकार कर्मा शाक्य भने देखा परेनन्।
चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतका कलाकारहरुको अभिनय छ।
स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्व’न्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्।


