शिव परियारको ‘भेट हुदाँ’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् ।विकास ज्ञावलीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल यु ट्युबमार्फत बिहिबार साझ सार्वजनिक गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।