रिलिज भएको पहिलो दिनमै १ करोड ४७ लाखको व्यापार गरेर ‘कबड्डी कबड्डी कबड्डी’ ले राख्यो नयाँ रेकर्ड
काठमाण्डौ । कबड्डी कबड्डी’ को तेस्रो सिक्वेल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड रोखको छ । यस फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गर्न सफल भएको छ । नेपाली फिल्मको इतिहास मै अहिले सम्मको बढी एक दिनको कलेक्सन गर्ने चलचित्र बन्न सफल भएको छ ।
मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ शो शुक्रबार सबै हाउसफुल भएका थिए । मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ थिए ।
शुक्रबार फिल्म हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि फिल्मको शोजमा वृद्धि गरेका छन् । फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय देख्न सकिन्छ ।


