ओरालो लागेकी केकीलाई अब छ माया छपक्कैको मात्रै भर!

काठमाडौं, असोज ५ । एक समय थियो, केकी अधिकारीलाई फिल्मको ओइरो लागेर छान्नै मुस्किल पथ्र्यो। तर, उनका फिल्मले बक्स अफिसमा गतिलो प्रदर्शन गर्न सकेनन्।

एउटै शैलीको पात्र र अभिनयमा मग्न भएको आलोचना खेप्नुपर्यो।साम्राज्ञीलक्ष्मी शाह, स्वस्तीमा खड्काजस्ता हिरोइनको आगमन भयो।

केकी ओझेल पर्दै गइन्। तैपनि उनलाई फिल्मको खडेरी लागेन। एकाध फिल्ममा काम गरिरहिन् तर पुरानो साख फर्काउने प्रयास सधैँ असफल भइरह्यो। भलै उनले हिम्मत हारेकी छैनन्। छ माया छपक्कै पछिल्लो उदाहरण हो।

आजको नेपाल साप्ताहिकका अनुसार ब्लकबस्टर छक्का–पञ्जा सिरिजका निर्माता दीपकराज गिरीको यस फिल्ममा केकी मुख्य भूमिकामा छिन्।

फिल्म हिट हुने र आफ्नो क्रेज फर्किनेमा आशावादी छिन्।त्यसमाथि निर्माण पक्षले अर्की हिरोइन सुपुष्पा भट्टभन्दा उनलाई प्रमोसनमा प्राथमिकता एिको छ।

केकीको अरिअरका लागि छ माया छपक्कै सञ्जीवनी बुटी सावित होला त? फिल्म २४ आसोजमा प्रदर्शन हुँदैछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।