छोरीभन्दा कम उमेरकीसँग विवाह गर्नेले पाए ४ वर्षपछि स’जाय
काठमाडौं, असोज ८ । सप्तरीका ४१ वर्षीय हुलासप्रसाद साहले बाल विवाह गरेको चार वर्षपछि स’जाय पाएका छन्।
उनले छोरीभन्दा कम उमेरकी १४ वर्षीया कञ्चनसँग ०७२ जेठ १५ गते दोस्रो विवाह गरेका थिए। दुलाहा पक्षले दाइजो नलिने र विवाहमा दुवैतर्फको खर्च बेहोर्ने भएपछि बालिकाका घरपरिवार विवाहका लागि राजी भएर।
ग’रिबीका कारण दा’इजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठासँग विवाह गरिदिएका थिए।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
विवाहको चार वर्षपछि सोमबार उच्च अ’दालत जनकपुर राजविराज इज’लासले हुलासलाई एक वर्ष कैद र १५ हजार ज’रिवाना गरेको हो।


