भोजपुरमा ५० वर्षीय तामाङ मृत फेला
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ स्थित ओमडाँडा–प्याउली भित्री सडकखण्डमा स्थानीय ५० वर्षीय राजकुमार तामाङ मृत अवस्थामा फेला परेका छन्।
अरुण गाउँपालिका–३ विजयबास निवासी तामाङ सडक छेउमा चिलाउनेका हाँगा ओछ्याइएको र शरीरको केही भाग स्याउलाले ढाकिएको अवस्थामा फेला परेको बताइएको छ।
घटनाबारे बिहान ८ः३० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाको थप विवरण भने आउन बाँकी छ।


