उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
उदयपुर । त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरको ठक्करबाट ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको छ।
गएराति इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले स्कुटर चालक २३ वर्षीय दिलिप केसीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।


