कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी

रौतहट, ७ कात्तिक। ​रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। कटहरिया नगरपालिका–३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

​जैसवालका अनुसार ना ५२ प ३४८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल शुक्रबार राति सधैँझैँ घरछेउमा रहेको अतिथि कोठामा राखिएको थियो। मोटरसाइकलको ह्यान्डल लक गरेर राति करिब ११ बजे सुतेका उनी शनिबार बिहान ८ बजेतिर बाहिर जान खोज्दा मोटरसाइकल नभेटिएपछि मात्र चोरी भएको थाहा पाएका थिए।

​सुरक्षित ठानेर घरभित्रै राखिएको मोटरसाइकल नै हराएपछि स्थानीयवासी सशङ्कित बनेका छन्। घरभित्रको कोठाबाटै मोटरसाइकल कसरी गायब भयो भन्ने विषयमा चासो र चिन्ता बढेको छ।

​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। प्रहरीका अनुसार चोरी भएको मोटरसाइकलको खोजी तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि तीव्र अनुसन्धान भइरहेको छ।

​इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहले मोटरसाइकल चोरी भएको पुष्टि गर्दै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।

​नगर कार्यपालिका सदस्यकै घरबाट मोटरसाइकल चोरी भएपछि सर्वसाधारणका सवारीसाधनको सुरक्षामाथि प्रश्न उठेको छ। प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कस्तो कदम चाल्छ भन्नेमा स्थानीयको चासो रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖