एक टुक्रो जमीन पनि बाँझो नराख्न किसानलाई प्रधानमन्त्रीको निर्देशन !
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टु*क्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता-कार्यकर्तालाई आ*ग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) नि*कट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र स*पथ ग्र*हण समारोहलाई ललितपुरको धो*बीघाटमा स*म्बोधन गर्दै उनले कृषिमा आ*धुनिकीरण र व्या*वसायीकरणका लागि सरकारले च*लाएका प*हलबारे पनि बताए। ‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ ।
मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ’, प्रधानमन्त्री ओलीले भने ‘सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।”हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ’, उनले भने, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र नि*र्यात गर्ने स्थितिमा पुग्नुपर्छ ।
कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ।’ प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताए। ओलीले कम्युनिष्टहरु झ*गडा गर्न र फु*ट्न मात्रै जान्दछन् भन्ने आ*रोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतः बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे।
‘विश्वमै नयाँ ढङ्गको एकताबद्ध र अनुशासित कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ’, उनले भने,’अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानव जातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौँ।’ देशलाई आ*त्मनिर्भर बनाउन उत्पादनलाई नि*र्यात गर्ने कामको अगुवाई गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा अबको क्रा*न्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे।


