यी ६ चीजमध्ये एउटा पनि घरमा राख्नुहोस्, हुनेछ राम्रो

एजेन्सी । चिनियाँ वास्तुशास्त्र फेंगशुई घरमा सुख–शान्ति कायम राख्ने उपायका लागि प्रसिद्ध छ । चीनमा फेंगशूईप्रति मानिसहरु धेरै विश्वास पनि गर्छन् ।

घरमा शुख–शान्ति कायम राख्न फेंगशूईमा कयौं उपाय बताइएको छ । यी उपाय अपनायो भने तपाईको घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा आउँछ । फेंगशुईमा ६ चीजबारे विस्तृत रुपमा उल्लेख गरिएको छ । यी ६ चीजमध्ये एउटा पनि घरमा राख्दा तपाईले लाभ हासिल गर्न सक्नुहुन्छ ।

यी ६ चीज यस्ता छन्ः

लाफिङ बुद्ध
आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्न सकिन्छ । लाफिङ बुद्धलाई घरको मुख्यद्वारको छड्केतिर राख्नुपर्छ । चिनियाँ वास्तुशास्त्र फेंगसुईअनुसार बुद्ध समृद्धिका देवता हुन् । यीनको मुस्कानबाटै घरको सुख–समृद्धि कायम हुन्छ । सावधान हुनुपर्ने कुरा के छ भने लाफिङ बुद्धको मूर्ति मुख्यद्वारको सम्मुख राख्नु हुँदैन र धेरै उचाइमा पनि राख्नु हुँदैन ।

तीनखुट्टे भ्यागुतो
फेंगसुईमा तीनखुट्टे भ्यागुतोलाई अत्यन्त भाग्यशाली मानिन्छ । मुखमा सिक्का च्यापेको तीनखुट्टे भ्यागुताको मूर्ति राख्दा घरको वातावरण सुखद् हुन्छ । यसलाई घरभित्र मुख्यद्वारको छेउछाउ राख्नुपर्छ । यसलाई भान्सा वा वाथरुमभित्र वा छेउछाउ राख्नु हुँदैन । यसो गरिए दुर्भाग्य बढ्छ ।

तीन सिक्का
घरको मुख्यद्वारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनुपर्छ । यसबाट धन–ऐश्वर्य एवं सम्मृद्धि बढ्छ । ध्यान राख्नुपर्ने कुरा के छ भने केवल तीन सिक्का मूल ढोकाको भित्री भागमा झुन्ड्याउनुपर्छ । बाहिरी भागमा लगाइयो भने लक्ष्मी ढोकैमा अडिन्छिन् ।

कछुवा
फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ । कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन ।

गोल्डेन फिस
फेंगसुईका अनुसार घरमा गोल्डेन फिस राख्दा सौभाग्य, धन एवं मान–सम्मान वृद्धि हुन्छ । यसलाई ड्राइङ रुममा राख्नुपर्छ । गोल्डेन फिसलाई कहिल्यै बेडरुम, भान्सा वा बाथरुममा राख्नुहुँदैन ।

पवन घन्टी
हिजोआज धेरैले पवन घन्टी वा विन्ड चाइम्स राखेका हुन्छन् । फेंगसुईका अनुसार विन्ड चाइम्सबाट निस्कने सुमधुर आवाजले पूरै घरमा ची नामक सकारात्मक ऊर्जा वृद्धि पर्वाह गर्छ । यो ऊर्जाका कारण घरको सुख–समृद्धि बढ्छ । पवन घन्टीलाई घरको त्यस्तो स्थानमा राख्नुपर्छ जहाँ सदैव हावाको झोक्का आइरहोस् र पवन घन्टीको मधुर स्वर गुन्जिरहोस् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।