काठमाडौँमा एक महिलाले एकै पटकमा जन्माइन् चार शिशु
काठमाडौं, असोज ९ । कैलालीको धनगढीनिवासी २७ वर्षीया खगित्रा शाहीले चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्।
खगित्राले काठमाडौ मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरी जन्माएकी खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
आठ महिनाको गर्भपछि श’ल्यक्रिया गरेर शिशुहरु निकालिएको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.चन्दा कार्कीले बताइन्।
उनका अनुसार चारै नवजात शिशुको स्वा’स्थ्य अबस्था अस्थिर भएकाले आ’इसियुमा राखेर उपचार भइरहेको छ।
शिशुहरुको तौल एक केजी, एक केजी दुई सय ग्राम, एक केजी तीन सय ग्राम र नौ सय ५० ग्राम छ।
उनका यसअघि पहिलो सन्तानका रुपमा एउटी छोरी छन्।
एकै आमाले एकैपटकमा चार शिशुलाई जन्म दिएको घटना विश्वमै दुर्लभ छन्।
चार लाख गर्भवतीमा एकजनामा यस्तो डा.कार्कीले बताइन्।


