पाख्रिबास नगरपालिकाका ५० घरधुरीलाई जस्तापाता वितरण
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न तीन वडाका ५० घरधुरी परिवारलाई आज जस्तापाता वितरण गरिएको छ ।

केन्द्र सरकारको सूरक्षित जनता आवास कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नं ६,७ र ८ का गरिव,दलित,विपन्न,जनजाती तथा एकल महिला परिवारलाई एक कार्यक्रमको वीच जस्ता पाता प्रदान गरिएको नगर प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रति परिवार ५० /५० हजार पर्ने गरी नगरले जस्तापाता खरिद गरी जम्मा २५ लाखको जस्तापाता वितरण गरेको हो ।तस्बीर श्रोत :नपा को फेसबुक


