रबि लामिछाने जस्तो पत्रकार बन्न खोज्दा ठक्करै ठक्कर…भिडियो सहित

ईटहरी । आउँदो कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी र एक्सनले भरिपूर्ण छ । ट्रेलरमार्फत् चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ । आफूलाई बादशाह सम्झने दुई युवकको कथा चलचित्रले भन्छ ।चलचित्रमा अभिनेता सुशील पत्रकारको भूमिकामा छन्, जो चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो नेम र फेम कमाउन चाहन्छ ।

तर, आफू कार्यरत मिडिया हाउसको मालिकले उसको कुनै कामलाई प्रशंसा र प्रोत्साहन गर्दैन । ऊ आफूलाई भने बादशाह सम्झन्छ । आफूलाई बादशाह सम्झने अर्का पात्र हुन्, आमिर गौतम । ऊ हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्छ ।जोनी सिंह राणा निर्देशित यो चलचित्रको मूलकथा यी दुई पात्रले गर्ने संघर्षमा आधारित रहेको छ । चलचित्रमा आफूले निभाएको भूमिकाबारे सुशील भन्छन्, ‘मैले यसअघि यसप्रकारको भूमिका गरेको थिइनँ । मलाई कसैले यस्तो भूमिकामा पत्याउनु पनि भएको थिएन । ‘बादशाह जुट’ मा मैले निभाएको क्यारेक्टर रवि लामिछानेको ठूलो फ्यान हो ।

उहाँजस्तै नेम र फेम कमाउन चाहन्छ ।’चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । भने, अतिथी भूमिकामा प्रियंका कार्की छिन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।