नेकपा धनकुटा नगरको शुभकामना आदान प्रदान
धनकुटा । नेपाल कम्यूनिष्ट पाटी नेकपा नगरकमिटी धनकुटाले विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत मंसिरे, उद्यौली, पापानी लगायतका चाड पर्वको शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।
नेपाल कम्यूनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष एवम् संघिय संसद सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा शुभकामना दिदै वतmाहरुले नेपालीहरु संस्कृति रुपमा धनी रहेको बताउदै संस्कृतीक पर्वहरुले नेपालीहरुमा रहेको सद्धभाव लाई अझ दरिलो बनाउने भूमिका संस्कृती पर्वहरुले गरेको धारण राखेका थिए ।
कार्यक्रममा बोल्दै संघिय सासंद राजेन्द्रकुमार राईले पाटीले लिएको निती ठिक रहेको बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारा लाई सरकार र पाटीले सार्थक बनाउने बताए । कार्यक्रमा जिल्ला समन्यय समितिका संयोजक टंक चौहान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुदर्शन प्रसाद कोइराला, सशत्र प्रहरी बल धनकुटाका प्रमुख सचिन कर्मचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो । नगरकमिटी अध्यक्ष अर्जन छाराहाङ्गको अध्यक्षतामा कार्यक्रको संचालन भएको थियो ।


