नेपाल आईडल-३ ‘बिर्तामोड अडिसन’, फर्म हारालुछ देखि राम्रो गित गाए सेलेक्ट भईन भन्ने सम्म (भिडियो)

ईटहरी/ गायन प्रतिभालाई उजागर गर्दै सबै माझ चिनाउने एउटा राम्रो माध्यमको रुपमा रहेको नेपाल आईडलको यतिबेला तेश्रो सस्करण संचालन भैरहेको छ । हाल देशका मुख्य सहरहरुमा अडिसन भैरहेको नेपाल आईडल अन्तराष्ट्रिय फ़्रेञ्चाईज हो । झरीको मौसम सुध्रिएर टन्टलापुर घाममा लामबद्ध रहेकाहरु कतिखेर आफ्नो पालो आउछ भनेर ब्यग्र प्रतीक्षामा रहेका थिए ।

यसै बिचमा अडिसन दिएर बाहिर निस्किएका एक प्रतिष्पर्धी आफुले गाउदा गाउदै पनि सेलेक्ट भईन भन्दै दुखेसो गर्दै थिए । उनका अनुसार निर्णायकले ३ ओटा गित गाउन लगाएका थिए, वेटिङ्गमा राखिएका उनलाई अन्तत सेलेक्ट नभएको उनले सुनाए । हेर्नुस उनले अडिसन स्थलमा गाएको गीत । बिभिन्न ठाउ अडिसन गर्दै मंगलबार बिर्तामोड अडिसन सम्पन्न गरेको छ ।

बिर्तामोडमा आफ्नो गलाको कला प्रस्तुत गर्न प्रदेश १ लगायत आसपासका सयौ प्रतिष्पर्धीको रुपमा लामबद्ध रहेका थिए । गाउन रहर गर्ने देखि गाएर आफ्नो करियर स्थापित गर्दै गर्नेहरुको ठुलै जमघटमा कतिले फर्म नपाईएला भनेर हारालुछ गरिरहेको दृश्य पनि रमाईलै देखिन्थ्यो । एपिवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामा र दोश्रो सिजनका बिजेता रवि ओड हुन् । अब तेश्रो सिजनमा कसले मार्छन बाजी ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।