धनकुटामा जिप दू’र्घटना हुँदा ३ जना घा’ईते
धनकुटा खबर । धरान धनकुटा कोशी लोक मार्ग पात्ले खोला नजिक आज दिउँसो जिप दू’र्घटना हुँदा तीन जना सामान्य घा ईते भएकाछन् । घा ईते हुनेहरुमा तेह्रथुम जिरिखिम्ति नगरपालिका ९ की ५२ वर्षकी पवित्रा लिम्वु, उहाँकै नातिनी २ वर्षकी सुवर्ण लिम्वु र तेह्रथुम जिरखिम्ति ७ की ७१ वर्षकी कुमारी लिम्वु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
तेह्रथुम बाट धरान तर्फ जादै गरेको को १ ज २७९१ नम्बरको जिप ब्रेक फेल भई सडकमा पल्टीएर धनकुटा नगरपालिका १० स्थित पात्ले खोला नजिक दू’र्घटना भएको हो । घा ईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको र सवारी साधन घ’टना स्थलमै रहेको जनाईएको छ । जिपका चालक तेह्रथुम म्याग्लुन न पा ९ का बर्ष २८ का फडिन्द्र बहादुर बस्नेतलाई जिल्ला प्रहरी काार्यलय धनकुटाले नियन्त्रणमा लिएको छ ।



