दैवि प्र’कोप उ’द्धार समिति गठन गरिएसँगै हिलेदेखी पाख्रीवास हुँदै डिकुरे सम्मको सडक मर्मत
धनकुटा खबर । पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाको संयोजकत्वमा आज २० सदस्यीय दैवि प्र कोप उद्धार समिति गठन गरिएको छ । विभिन्न विपतका घटनाहरुमा तत्काल उद्धारका लागि खट्ने लक्षका साथ गठित यो समितिलाई १ नं प्रदेश सभा सदस्य एवम् न्याय कानून तथा विद्यान समितिका सभापति इन्द्र मणी पराजुलीले एक कार्यक्रमको वीच भेष्ट प्रदान गर्दै चौपचारिक्ता प्रदान गर्नुभएको छ ।
यो सँगै समितिले हिले लेगुवा सडकखण्ड अन्र्तगतको हिलेदेखी पाख्रीवास हुँदै पञ्चे-डिकुरे सम्मको सडक आजवाट मर्मत कार्य पनि आजैवाट शूरु गरेको छ । केही दिन अघि परेको निरन्तर वर्षातकको कारण सडक खाल्डा खुल्डि परेपछि आवत जावत गर्न तथा विभिन्न सामाग्री ओसार पसारमा समस्या भएको थियो ।

चाडपर्वको समयमा यो समस्या समाधानका लागि वडाअध्यक्ष तथा समितिका संयोजक निरौला सहितको युवा टोलि सँगै तीन वटा डोजर सडक मर्मतका लागि खटिएकाछन् । वडाध्यक्ष निरौलाको एक र सडक निर्माणको ठेक्का पाएको कञ्चनजंघा कन्स्ट्क्सनको दुई गरी सडक मर्मतका लागि तीन वटा डोजरको उपयोग भईरहेको दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।

सडक मर्मतको काम चाडै सक्ने योजना रहेको दैवी प्रकोप उद्धार समितिका संयोजक तथा ४ नं वडाध्यक्ष निरौलाले वताउनुभएको छ । साथै यो दैविप्रकोप उद्धार समितिले विभिन्न विपतको घटनाहरुमा पनि तत्काल उद्धारको काम गर्ने जनाईएको छ । कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ, समाजसेवि तथा वुद्धीजीविहरु मुक्ति वजगाई,ज्ञान वहादुर गुरुङ,भक्त वहादुर गुरुङ, लगायतको उपस्थिती थियो ।


