धनकुटाको पाख्रीवासस्थित गुम्वामा धर्मदेशना
धनकुटा खबर । धनकुटा पाख्रीवासका वौद्ध धर्मवालम्विहरुले आज नेपाल वौद्ध गुम्वामा विशेष कार्यक्रमको आयोजना गरी धर्मदेशना (प्रवचन) श्रवण गर्दै आर्शिवाद ग्रहण गरेकाछन् ।
विद्याधर आचार्य महायोगी श्रीधर राणाको मुखारविन्दवाट वौद्ध धर्म प्रवचन वाचन गरिएको थियो । कार्यक्रममा गुरुङ,तामाङ लगायत अन्य जातजातीका महानुभावहरुको सहभागीता थियो ।
मनोशान्ति तथा वौद्धधर्म ज्ञानको जानकारी दिने लक्षका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको नेपाल वौद्ध गुम्वा विकास समाज पाख्रीवासका अध्यक्ष भक्त वहादुर गुरुङले वताउनुभयो ।




