इनास अवार्ड-२०७६ सम्पन्न,साहित्यकार सुरेन्द्र महर्जनलाई युवा साहित्य सम्मान

काठमाडौ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

नेपाली गीत, संगीत, साहित्य र चित्रकारितामा लागिपरेका साहित्यकार अमरलाई सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो ।

कार्यक्रम राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार निर शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार रणजित गजमेर लाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो ।

रो’मान्टिक नायक यसराज , ग्ला’मरस नायिका प्रियंका कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतिले सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । ७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।