चार प्रदेशको अप्टिकल फाइबर विस्तार अलपत्र, ३ अर्बको ठेक्का रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का र’द्द गरेसँगै चारओटा प्रदेशमा अप्टिकल फाइबर परियोजना अ’लपत्र परेको छ । सम्झौताअनुसार स’न्तोषजनक काम नभएको भन्दै प्राधिकरणले असोज ३० गते स्मार्टसँगको रू. ३ अर्ब ९४ लाखको ठेक्का खा’रेज गरेको थियो ।

योसँगै चार प्रदेश – प्रदेश ४, प्रदेश ५, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम हालका लागि स्थ’गित हुन पुगेको छ । प्राधिकरणले गत फागुनमै प्रदेश ४ र प्रदेश ५ मा अप्टिकल फाइबर बिछ्याउन युनाइटेड टेलिकमलाई दिइएको ठेक्का र’द्द गरिसकेको थियो ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क विस्तार गर्न २०७६ साउनमा काम सक्ने गरी प्राधिकरणले स्मार्ट टेलिकमसँग २०७४ साउन ३ गते सम्झौता गरेको थियो । गत साउनमै स्मार्ट टेलिकमको समय सकिएको भए पनि प्राधिकरणले असोज मसान्तसम्मको समय थप गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गत माघमा नेपालगञ्जबाट अप्टिकल फाइबर बिछ्याउन शुरू गरेको बताए पनि भौतिक प्रगति नदेखिएकाले स्मार्ट टेलिकमसँगको ठेक्का खा’रेज गरिएको बताए । उनका अनुसार ठेक्का र’द्द गरिएको औपचारिक पत्र आइतवार स्मार्टलाई पठाइएको छ । प्राधिकरणले स्मार्टसँग हालसम्मको कार्य प्रगति विवरण मागेको थियो । ‘समय सकिँदासम्म हामीले माग गरेको कार्य प्रगति पेश नगरेपछि र’द्द गर्न बा’ध्य भएका हौं,’ अर्यालले भने । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।