पोखरा विमानस्थलको प्रगति ५० प्रतिशत पुग्यो , सञ्चालनका लागी विदेशी खोज्दै सरकार

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न विदेशी खोज्ने तयारीमा सरकार जुटेको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरण निकट अधिकारीहरुका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनीसँग छलफल अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले अहिले विमानस्थल सञ्चालनको जिम्मा दिंदा आम्दानी बाँडफाँडको मोडालिटीका बारेमा आन्तरिक अध्ययन गरिरहेको छ ।

मन्त्रालयले पोखरा विमानस्थल सञ्चालनका लागि पनि विदेशी कम्पनी खोजी गर्न निर्देशन दिएको छ । सरकारले जीटुजी प्रक्रियाबाट अपरेटर खोजी गर्ने तयारी गरेको हो । भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ ।पोखरा विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ। सन् २०२० को अन्तिमसम्म निर्माण सम्पन्न गरिसक्ने चिनियाँ ठेकेदारले जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।