काभ्रे र सिन्धुपाल्चोकका द’र्जनौ बस्ति डु’ब्ने गरी २ जलविद्युत आ’योजना प्रस्ताव , यी हुन् डु’बान हुने क्षेत्र

काठमाडौ ।  सरकारले ५३६ मेगावाटको सुनकोशी ३ जलविद्युत आ’योजनाको वातावरणीय प्र’भाव मुल्यांकनको लागि क्षेत्र नि’र्धारण सम्बन्धि सू’चना प्र’काशित गरेको छ । आ’योजनाको प्र’स्तावक रहेको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतको विद्युत विकास बिभागले क्षेत्र नि’र्धारणको सूचना प्रकाशित गरेको हो ।आयोजनाले सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुलीका स्थानहरु डु’बानमा पर्ने छ । प्रस्तावित आ’योजना सुनकोशी नदीमा बन्ने छ । काभ्रे र रामेछापको सिमानामा रहेको लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाईको बाँ’ध ब’न्ने छ ।

जस बाट ५७० घनमिटर प्रति सेकेण्ड पानीलाई १.१ किलोमिटर र ९ मिटर ब्यास भएको सुरुङबाट काभेको तेमाल गाउँपालिकाको लु’भुघाटमा रहेको बिद्युत गृ’हमा लगिने छ ।जलाशय प्रकृतिको यस आ’योजनाबाट लगभग ५३६ मेगावाट विद्युत उत्पादन हुने छ।यी हुन् आ’योजनाबाट डु’बान हुने क्षेत्र : सिन्धुपाल्चोक -१. सुनकोशी गाउँपालिकाको वडाहरु १,३ र ४ (साविकको ठोकर्पा (१­-४), कालिका (१-९), यमुनाडाँडा (१-९))२. बलेफी गाउँपालिकाको वडा ५ (साविकको फुल्पिङडाँडा (५-७,९))३.चौतारा साँगा चोकगढी नगरपालिकाको वडाहरु ९,१०,११,१२,१४ साविकको कदमबास (१-९), साँगाचोक (१,२,७), साँगाचोक (५,८,९), साँगाचोक (३,४,६), ठूलो सिरूवारी (७-९))

४. इन्द्रावती गाउँपालिकाको वडाहरु १०,११,१२ (साविकको भोटसिपा (५-९), भिमटार (१,९), भिमटार (२-८))५. मेलम्ची नगरपालिकाको वडा १३ (साविकको मेलम्ची (१०,११))काभ्रे-१. मण्डन देउपुर नगरपालिकाको वडाहरु ७,९,१० १२ (साविकको महादेबस्थान मण्डन (७-९), महादेवस्थान मण्डन (३-६), चण्डेनी मण्डन (१-९), ज्याम्दी मण्डन (१-४,६))२.पाँचखाल नगरपालिकाको वडाहरु १३,८ (साविकको कोशिदेखा (१-९), पाँचखाल (७,८))३. भुम्लु गाउँपालिकाको वडाहरु १,६,७,८,९, १० (साविकको सापिङ्ग (१-९), कोलाती भुम्लु (१-९), फलाँटे (१-९), भुम्लुटार (१-९), ज्याम्दी मण्डन (५,७-९), दोलालघाट (१-९))

४. चौरी देउराली गाउँपालिकाको वडाहरु ६,७,८ (साविकको कात्तिके देउराली (१-९), मादनकुँडारी (१-९), बिर्तादेउराली (१-९))५. तिमाल गाउँपालिकाको वडाहरु १,२,३,४,६,७,९ (बाँध र बिद्युतगृह समेत रहने) (साविकको सर्स्युखर्क (१,३,४), सर्स्युखर्क (२,५-९), सरमथली (१-९), बोल्देफेदिचे (१-९), ठूलोपर्सेल (१-९), कुरुबास चापाखोरी (१-९), मेच्छे (४,७-९))रामेछाप -१. खाँडादेवी गाउँपालिकाको वडा १ (साविकको राकाथुम (१-९))२.सूनापाति गाउँपालिकाको वडाहरु १,४,५ (साविकको गुन्सी (१-७), वेथान (१-९), खनियापानी (१-९))

सिन्धुली-सुनकोशी गाउँ पालिकाको वडाहरु १,२,३,४,५ (साविकको कुशेश्वर दुम्जा (२-५,९), कुशेश्वर दुम्जा (१,६-८), झागाझोली रातामाटा (१-५), झागाझोली रातामाटा (६-९), पुराना झागाझोली (१-९))त्यस्तै विभागले नै ११ सय १० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सुनकोशी २ आयोजना समेत प्रस्ताव गरेको छ । यस आयोजनाले काभ्रे, रामेछाप र सिन्धुलीका क्षेत्रहरु डुबानमा पर्ने छन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २०४२ मा नै यी आयोजनाको प्रारम्भिक अध्ययन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।