जहाँ ‘हिरो’ आमाहरुले पाउँछन् ‘गोल्ड मेडल’ र जीवनभर अतिरिक्त भत्ता

एजेन्सी । जनसङ्ख्या कम भएका अधिकांश देशमा जन्म दरलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सेवा सुविधा र पुरस्कारको व्यवस्था गरिएको हुन्छ । तर काजकिस्तानमा भने जन्म दर उच्च राखेर ठूलो परिवार सम्हालेकामा ‘हिरो’ मानिने आमाहरुलाई मेडलले सम्मान गर्ने गरिएको छ । त्यहाँका आमाहरुले सिल्भर मेडलदेखि गोल्ड मेडलसम्म पाउने गरेका छन् भने सरकारले तिनलाई जीवनभरका लागि अतिरिक्त भत्ता समेत प्रदान गर्ने गरेको छ ।

यसमा ६ बालबालिका जन्माएर हुर्काउने आमालाई ‘सिल्भर मेडल’ दिइन्छ भने सातवटा भन्दा धेरै छोराछोरी हुनेलाई गोल्ड मेडल दिइन्छ । यता चारजना छोराछोरी पाउने आमाहरुलाई चाहिँ मेडल नदिइए पनि बच्चाहरु २१ वर्षको हुँदासम्म आर्थिक सहयोग प्रदान गरिने व्यवस्था रहेको छ ।

वास्तवमा आमाहरुलाई सम्मान गर्ने यो परम्परा सोभियत युनियनको समयदेखि नै चलिआएको हो । सन् १९४४ मा १० जना छोराछोरी पाउने महान् आमाहरुका लागि भनेर यस्तो अवार्डको स्थापना गरिएको थियो । यसरी त्यो समयको तुलनामा अहिले मेडलका लागि बच्चाहरुको सङ्ख्या कम भएपनि काजकिस्तानको सरकारका लागि अझै जन्मदर उच्च राख्नु पहिलो प्राथमिकता रहेको छ । श्रम तथा सामाजिक कार्यक्रम निकायकी अक्सना एलेउसेजोभा भन्छिन्, “हाम्रो सरकारको नीति भनेको देशमा धेरै भन्दा धेरै बच्चाहरु जन्म गराउनु हो । त्यसैले पनि सधैँ सबैबीच हाम्रो जनसङ्ख्यालाई ठूलो बनाउनेबारेमा नै कुरा भइरहने गरेको छ ।”

सरकारले ठूलो परिवार प्रोत्साहन गर्नकै लागि यस्तो नीति अपनाएको हो । यसबीच बीबीसीले अन्र्तवार्ता लिएका मध्ये आठ छोरी र दुई छोराकी एक हिरो आमाले खुसी हुँदै आफ्नो मेडल देखाएकी छन् । गर्भवती महिला र एकल महिलाहरुले समेत सरकारबाट समर्थन र सहयोग पाउने गरेका छन् ।

६ बच्चाकी आमा बाकतीगुल हेलीक्बेइभा भन्छिन्, “मैले प्रत्येक महिना १ लाख ४४ हजार टेन्ज अर्थात ३७० डलर प्राप्त गर्ने गरेकी छु र सो रकम हाम्रा लागि पर्याप्त छ । म त्यसैले जीवन धान्ने प्रयास गर्दैथेँ तर आफूले पनि काम गर्छु त्यसैले समग्रमा हाम्रा लागि पर्याप्त छ । मलाई अहिलेसम्म कुनै गुनासो छैन ।” तर चारजना भन्दा कम छोराछोरी हुनेले भने कुनै भत्ता पाउँदैनन् । त्यसैले धेरैले यो नीति दुईजना भन्दा माथिदेखि सुरु गरिनुपर्ने बताएका छन् ।-बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।