नेकपाका अध्यक्षद्वय ओली-दाहालबीच खट्पट सुरू
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा ख’टपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अ’निच्छा देखाएपछि दुई अध्यक्षबीच वि’वाद देखा परेको हो।
‘अ’समझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति÷समझदारीमा अडिने सवालमा केही स’मस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबार भने, ‘पार्टीमा देखा पर्न थालेको अ’समझदारीका विषयमा उहाँहरू (ओली-दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ।’
ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी र’णनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एक’रुपता छैन। वि’वाद बढ्दै जाँदा अहिले एकले अर्काे नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र ति’खो आ’लोचनामा उत्रने समेत गर्न थालेका छन्। ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।
ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई म’तभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’ याे खबर आजको अन्नपूर्ण पाेस्टमा छ।


