मन्त्री महासेठ छिट्टै जे’ल जाने !, नेकपाकै नेताले गरे यस्तो ठोकुवा…

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नै भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ अब छिट्टै जेल जाने ठोकुवा गरेका छन्। धनुषाको एक कार्यक्रममा नेकपा नेता रामचन्द्र झाले यस्तो बताएका हुन्।

नेता झाले भने, ‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो, छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’ भ्रष्ट्राचारको कसुरमा महासेठ जेल जाने ठोकुवा गर्दै उनले महासेठका कारण नै नेकपा सरकार बदनाम भएको बताए ।

धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता झाले अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाको छ। झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको बताएका छन्। संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको आरोप मन्त्री यादवले लगाए।

‘काम गरेर कम्युनिस्ट बनौं, नामको लागि मात्र होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडाई लड्नुपर्छ, अनि मात्र कम्युनिष्ठ भइन्छ’, उनले भने।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।