भारतले बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा

काठमाडौं, कार्तिक ७ । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ।

पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन।

सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महँगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए ।

तर, करिब एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । कोष र बतास समूहबीच धर्मशाला सञ्चालनको सम्झौता भएको छ।

धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्यटक बस्ने सुुविधा थियो, तर अब महँगो तिर्न सक्ने मात्र बस्न पाउने भएका छन् ।

१९ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा तीन सय ८८ कोठा भएकाले एकैपटक धेरै तीर्थालु बस्न पाउने सुविधा थियो, अब होटेलमा जम्मा ८० विलासी कोठा मात्र हुनेछन् । भव्य कोठा बनाउन अहिले साना कोठा धमाधम भत्काउने काम भइरहेको छ।

धर्मशाला होटेलमा परिणत भएपछि ‘सुइट’ बनिरहेका छन् । अब त्यस्ता कोठाको शुल्क प्रतिदिन दुई हजार नौ सय रुपैयाँसम्म पर्नेछ । पशुपति गौशाला क्षेत्रमा ‘अट्याच बाथरुम’सहितको कोठा हजार रुपैयाँमा दिने होटेल प्रशस्त छन् । त्यो पनि तिर्न नसक्ने सर्वसाधारणलाई सुविधा दिन धर्मशाला बनाइएको हो । तर, नजिकैका होटेलभन्दा धर्मशालाको बसाइ तीन गुणा बढी हुने भएको छ।

प्रत्येक कोठाको दिनको हजार रुपैयाँका दरले सञ्चालन गर्दा पनि तीन सय ८८ कोठाबाट दैनिक तीन लाख ८८ हजार रुपैयाँ उठ्छ । महिनामा १ करोड १६ लाख ४० हजार र वर्षमा १३ करोड ९६ लाख ८० हजार रुपैयाँ उठाउन सकिन्छ ।

सिजन–अफसिजन मानेर दिनमा आधा मात्र कोठा भरिएको मान्दा पनि वर्षको ६ करोड ९८ लाख रुपैयाँ कोषमा जम्मा हुन्छ । तर, कोषले वार्षिक जम्मा एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँमा बतास समूहलाई धर्मशाला जिम्मा लगाएको छ ।

यसरी तीन सय ८८ कोठाको दैनिक भाडाबापत बतासलाई जम्मा ७४ रुपैयाँ ४३ पैसा पर्छ । तर, उसले पर्यटकबाट प्रतिकोठा दैनिक दुई हजार नौ सयसम्म उठाउँदै छ । अझ बनिबनाउ धर्मशालाको अधिकांश भित्री संरचना भत्काइँदै छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।