अब भारतबाट चितवनसम्म पाइपबाटै डि’जेल र ग्यास
काठमाडौं, कार्तिक ९ । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डि’जेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्या’स पनि पाइपलाइनबाट ल्याउने भएको छ।
भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्या’स ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आ’यल कर्पाेरेसन (आईओसी) बीच स’हमति भएको छ।
मोतीहारी–अमलेखन्ज पे’ट्रोल पाइपलाइन चितवनसम्म वि’स्तार गर्ने स’हमति पनि दुवै पक्षबीच भएको छ। यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।
करिब २५ अर्ब रुपैयाँ लागतमा ग्या’स, पे’ट्रोलियम पाइपलाइन र भण्डारण स्थल नि’र्माण गरिने छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्या’स र पे’ट्रोलियम प’दार्थ ढु’वानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने स’हमति आईओसीसँग भएको हो।


