नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सु’त्केरीकाे उ’द्धार

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिकामा सोमबार एक सुत्केरीको महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २३ वर्षीया सुत्केरी महिला धाना साउँदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याइएको हो ।

धाना सुत्केरी व्यथा लागेपछि सोमबार बिहान ६ः४५ बजे स्थानीय प्रसूति सेवा केन्द्र लेकममा पुग्नुभएको थियो । त्यसपछि बिहान ९ बजेर ५० मिनेटमा प्रसूति सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएको थियो ।

सुत्केरी भएपछिको रक्तश्राव नरोकिएपछि धाना साँउदलाइ राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

सुत्केरी भएपछि महिलाको अत्यधिक रक्तश्राव भएको खबर सुनिसकेपछि हेलिकोप्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । साउँदको ४ बजेर ३० मिनेटमा लेकमबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको सुत्केरीको साथमै रहनुभएका प्रसूति सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहरा साउँदले जानकारी दिनुभयो । – जयराज अवस्थी / उज्यालो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।