धनकुटामा पनि छठ मनाईदै
धनकुटा खबर, १६ कार्तिक । बिशेष गरेर तराई मात्र मनाईने छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत मनाईन थालिएको छ जस अन्र्तगत धनकुटामा समेत छठी माताको पुजा गरेर छठ पर्व मनाई रहेको छ ।
व्यापार, व्यावसाय, नोकरी, अध्यायन लगायतको सिलशिलामा धनकुटामा रहेका तराई बासी लगायतले नजिकको पोखरी कुवामा गई अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् ।
सूर्य संग आफुले चिताएको कुरा माग्ने र घरमा गई छठी माता लाई खुसी पार्न कोशीस गर्ने मनिश शर्मा बताउँछन् । यस दिन लाई साँझीया घाटे पनि भन्ने गरिने उनको भनाई छ । छठी माता पुजालाई चडाईने मुख्य प्रसाद ठेकुवा हो ठेकुवा संगै स्याउ, पानी सहितको काँचो नरिवल, उखु, भोगटे लगायतका फलफुल चाडाईने गरिन्छ ।
सप्तमीको दिन उदाउदो सूर्य लाई अर्घ दिएर विधीवत रुपमा पुजा गरे पछि छठ पर्व समाप्त हुने गर्दछ । पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत छठ मनाउने र शुभकामना आदान प्रदान गर्ने जस्ता प्रचलन बढेको छ ।


