सन्दीप लामिछानेले किने काठमाण्डौमा ६ क’रोडको घर
काठमाण्डौ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेञ्चाइजी प्रतियोगिताका अनिवार्य सदस्य बनिसकेका छन् ।
४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अ’नुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् ।
आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै क’रोडपति बनिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले प’छाडि फर्केर हेर्न परेको छैन ।
उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ क’रोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेकाे बताइएकाे छ ।-हिमाल खबरबाट


