जब करेन्ट लागेको बच्चा बोकेर बाँदर आफैं अस्पताल पुग्यो

काठमाडौं । सन्तानको माया कसलाई हुन्न र ? पशुलाई पनि आफ्नो सन्तानको माया उत्तिकै हुन्छ भन्ने एउटा उदाहरण बनेको छ बाँदर ।

केही समयअघि बाँदरको छाउरो ११ केभी प्रशारण लाइनमा करेन्ट लागेर गम्भीर घाइते भयो । आफ्नो छाउरो भुइँमा झरेपछि बाँदर तत्काल काखमा च्यापेर पशु अस्पतालमा लग्यो । अस्पताल पुगेपछि केहीबेरमा छाउरो मर्यो ।

बाँदरको यो दृश्यले स्थानीय भावुक भए । मानिसलाई भावुक बनाउने यो दृश्य भारतको मध्य प्रदेशको हो । पशु अस्पताल लगेको धेरै समयपछि छाउरा मरेको थियो । त्यो दृश्य देख्ने कसैले पनि उपचारमा सहयोग गरेनन् ।

बाँदरले अस्पतालको गेट तर्फ हेरेर आफ्नो छाउरोको जीवन रक्षाको अपील गरेको थियो । सबैले भिडियो र फोटो खिचे । तर उसको उपचारमा मानिसले ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा तस्बिर भाइरल बनेको छ ।

पशु चिकित्सकले समयमै खबर भएको भए वा आफूले थाहा पाएको अवस्थामा छाउरोलाई बचाउन सकिने बताएका छन् । बाँदरले अस्पतालसम्म आफ्नो बच्चा ल्याएको यो पहिलो घटना भएको उनले पत्रकारसँग बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।