अब पाख्रीबास बजारमा निःशुल्क वाईफाई
धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका ४ बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरिएको छ ।
पाख्रीबास नगरपालिकाको नगरबासी सञ्चार पहुँच कार्यक्रम अन्तर्गत पाख्रीबास बजार क्षेत्रमा आगन्तुक पाहुना एबम् यात्रुहरुका लागि केन्द्रित गर्दै निःशुल्क वाईफाई सेवा संचान गरिएको नगरपालिकाले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
फ्रि वाईफाई सञ्चालनसँगै अब सवारी साधन कुरेर बस्ने यात्रुहरुले सहजै समयको सदुपयोग गर्न सक्नेछन ।



