विश्वकै सवैभन्दा सुन्दर यो समुदायका महिला जो १६० वर्षसम्म मज्जाले बाँ’च्छन्

सुन्दरताप्रति आकषिर्त नहुने को होला । महिलाको सुन्दरताको विश्वभर चर्चा हुने गरेको छ । विश्वका सवैभन्दा राम्रा महिला कहाँ बस्छन् होला भन्ने पनि धेरैको चासोको विषय बन्ने गरेको पाइन्छ ।

एक अनुसन्धानका अनुसार विश्वका सवैभन्दा सुन्दर र बुढ्यौलीले प्रभाव पार्ने महिला पाकिस्तानमा बस्छन् । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्छन ।

हो, हामीले जुन महिलाहरुको बारेमा कुरा गर्दैछौँ, उनीहरु साँच्चीकै दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बुढी हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् ।उक्त समुदायका महिलाहरु वास्तवमै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुन्छ ।

हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसमा कसैलाई पनि क्यान्सर छैन र यो समुदाय क्यान्सर प्रतिरोधी भएको ठानिएको छ ।

आफुलाई सिकन्दरका सेनाका सन्तानको रुपमा लिने यो समुदायका महिलाहरु १ सय ६० वर्षसम्म मज्जाले बाँच्छन् । यहाँको औषत आयु नै १२० वर्ष छ । यि यस्तो नश्लका महिलाहरु हुन जो ६५ वर्षसम्म बच्चा जन्माउन सक्छन् ।

उनीहरु सदावहार देखिन्छन् र स्वस्थ हुन्छन् । खानपान र वातावरणले उनीहरुलाई निकै स्वस्थ र तन्दुरुस्त बनाएको छ । जसका कारण लामो समय बाँच्छन् र ढिलोसम्म बच्चा जन्माउँछन् ।

यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको प्रमुख कारण उनीहरुको खाना नै हो । उनीहरु धेरै मात्रामा ओखर खान्छन् । सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ पनि उनीहरुले प्रसस्तै खान्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।