धनकुटाको कागतेमा वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न

धनकुटा । धनकुटाको कागतेमा तीन दिने वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न भएको छ। जनज्योति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि)को आर्थिक सहयोगमा तालिम समपन्न भएको हो ।

तालिममा वित्तिय शिक्षाको परिचय र महत्व, पैसा र जीवन, पैसाको स्रोत तथा उपयोग, आम्दानी सन्तुलन, वित्तिय लक्ष्य निर्धारण, ऋण व्यवस्थापन, व्यावसायिकता, व्यवसाय दर्ता, वित्तिय सेवाग्राही तथा सेवा प्रदायकका कर्तव्यहरुका बारेमा सहभागिलाई प्रशिक्षण दिएको थियो।

जनज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सांग्रिला विकास बैकका मेनेजर सुवास पौडेल, राष्ट्रिय वाणिज्य बैक हिले शाखा प्रमुख मोहन राई, मुक्तिनाथ विकास बैक धनकुटाका प्रमुख गोकुल राज अधिकारीले सहभागीहरुलाई प्रशिक्षित गराएको ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि) का बलबहादुर पौडेलले जानकारी दिए। तालिममा करिव १५० स्थानियको सहभागिता रहेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।