धनकुटाको जेफाले सामुदायीक वन उपभोक्तामा मान वहादुर कटुवाल
धनकुटा खबर । चौविसे गाउँपालिका ८ वसन्तटार धनकुटाको जेफाले सामुदायीक वन उपभोक्ता समूहको १७ औ अधिवेशनले मान वहादुर कटुवालको अध्यक्षतामा आज ९ सदस्यीय नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।
नवगठीत कार्यसमितिको उपाध्यक्षमा कुल प्रसाद लिम्वु,सचिवमा टिकादेवी लिम्वु, कोषाध्यक्षमा शान्तिदेवी लिम्वु र सह सचिवमा हृदय लिम्वु रहेकाछन् । अन्य सदस्यहरुमा ललित लिम्वु,सन्त कुमार मगर,गीता मगर र भीम खड्का रहेकाछन् ।
चौविसे गाउँपालिका वडा नं ८ का अध्यक्ष धन वहादुर लिम्वुको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनको सञ्चालन समूहका सह सचिव हृदय लिम्वुले गर्नुभएको थियो भने स्वागत मन्तव्य समूहका निर्वतमान सदस्य श्याम ठाडा मगरले राख्नुभएको थियो ।
अधिवेशनमा सवडिभीजन वन कार्यलय डाँडावजारका प्रतिनीधि भोज कुमार घिमिरे सहित विभिन्न कार्यलयका प्रमुख,पदाधिकारी तथा स्थानिय उपभोक्ताहरुको उपस्थिती थियो । जेफाले सामुदायीक वन उपभोक्ता समुहको दुई सय घर उपभोक्ता सदस्य रहेको समूहका सहसचिव लिम्वुले जानकारी दिनुभएको छ ।


