प्रविधिमैत्री शिक्षक समाज धनकुटामा सापकोटा
विकास घिमिरे. धनकुटा खबर । प्रविधिमैत्री शिक्षक समाज नेपाल धनकुटाको अध्यक्षमा गोकुण्डेश्वर माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद सापकोटा चयन हुनुभएको छ ।
समाजको आज धनकुटाको प्यासिफिक होटलमा सम्पन्न भेलाले अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । यसैगरि समाजको पुरुष र महिला उपाध्यक्षमा क्रमश टेकमणि पौडेल र रेविका वाग्ले चयन हुनुभएको छ ।
समाजका अन्य पदाधिकारीहरुमा सचिवमा दीपक वस्ती, सहसचिवमा हेमनाथ गुराँगाई र कोषाध्यक्षमा खगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । समाजका सल्लहाकारहरुमा यज्ञप्रसाद चापागाई, नगेन्द्र भट्टराई, खगेन्द्र आचार्य, धर्म थोक्लेन, दिपेन्द्र निरौला, गोविन्द राई र नरवहादुर विश्वकर्मा रहनुभएको छ ।
समाजको तदार्थ समितिका संयोजक लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा समाजका परिकल्पनाकार भूपति वस्याल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापा, शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ, यज्ञप्रसाद चापागाई, नगेन्द्र भट्टराई लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


