एउटा यस्तो अ चम्मको भारतीय कम्पनी,जस्ले ९ घण्टा सुते बापत पैसा दिन्छ

एजेन्सी । के तपाईलाई थाहा छ ? सुतेर पनि पैसा कमाउन सकिन्छ । तर, विश्वमा यस्तो पनि देश छ, जहाँ ९ घण्टा सुतेपछि पैसा पाईन्छ ।

भारतको बैंगलोरस्थित एक कम्पनीले सुतेबापत १ लाख भारु पैसा दिन्छ । आखिर कामै नगरी सुतेपनि तलब दिने त्यो कम्पनीले के गर्छ होला ? भन्ने जिज्ञासा पक्कै उठ्यो होला । वास्तवमा बैंगलोरस्थित अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो ।

यो अफरको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ । यो अफरमा सहभागी भएर एक लाख भारु कमाउनका लागि केही शर्तको पालना गर्नुपर्नेछ । यो कार्यक्रमका लागि केवल केही जनामात्र मानिसको छनोट गरिनेछ । छनोटमा परेका मानिसलाई कम्पनीले सुत्ने गद्दा प्रदान गर्नेछ ।

त्यसरी प्राप्त गरेका गद्दामा सुत्नुपर्नेछ र आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ । कम्पनीको नियम अनुसार छनोट भएका मानिसले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्नेछ । अर्थात् दिनहुँ ९ घण्टासम्म सुत्न नभ्याउनेले यो अफरमा सहभागी हुन पाउने छैनन् ।

मज्जाको कुरा त के भने सुत्नका लागि कम्पनीको कार्यालयमै जानुपर्ने छैन । कम्पनीले दिएको गद्दा आफ्नै घरमा लगेर सुत्न पाइनेछ । तर नसुतिकनै सुतेको नाटक गर्न पाइनेछैन । किनकी कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरेको हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।