कुलमान घिसिङलाई ‘ना स्ट प्र विधि पु रस्कार’ !

काठमाण्डौ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्यातएवापत उनलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो।

एक लाख नगद राशि र सम्मानपत्र रहेको उक्त पुरस्कार नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले घिसिङलाई हस्तान्तरण गरे। नाष्टका प्राज्ञ प्राडा जनार्दन लामिछानेको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो।

नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्यासएका वैज्ञानिक प्राविधिकहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले आफ्नो वार्षिकोत्सवका अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको छ । कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तित्वहरूको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पुरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे।

२०७३ भदौमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए।आर्थिक वर्ष २०७२/७३ मा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिक रण वित्तीय र प्रशासनिक सुधार तथा पुनर्सरचनामार्फत त्यसपछिका आवहरू २०७३/७४ मा १ अर्ब ५० करोड, २०७४/७५ मा २ अर्ब ९० करोड र २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

प्राधिकरणमा विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ। आव २०७२/७३ मा विद्युत प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत विन्दुले घटाएर आव २०७५/७६मा १५.३२ प्रतिशतमा झारिएको हो। प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महसुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर र वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण लगायतका काम अभियानकै रूपमा चलाइरहेको छ । यस अवधिमा विभिन्न कारणले रुग्ण बनेका विद्युत् उत्पादन, प्रसारण र वितरण तर्फका आयोजनाहरु समेत निर्माण सम्पन्न भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।