प्रधानमन्त्रीको नि’र्देशन पछी धमाधम सडक पिच हुन थाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २१ महिनाको अवधिमा मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै उपत्यकाका सडक पिच र खाल्डाखुल्डी पुर्ने काम धमाधम हुन थालेको छ ।

गत ४ मंसिरमा प्रधानमन्त्री ओलीले केही मन्त्री परिवर्तन गरेका थिए भने केहीको मन्त्रालय परिवर्तन गरेका थिए । त्यसलगत्तै उनले मन्त्रीहरूलाई उपत्यकाको सडक पिच गर्न र खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।

उनले नयाँ मन्त्री र सचिवहरूसँग काठमाडौंमा खाल्डाखुल्डी र धुलोको गीत कति सुन्ने भन्दै आक्रोस पोखेका थिए । प्रधानमन्त्रीले ठेक्का लिएर आलटाल गर्ने ठेकेदारको ठेक्का रद्द गर्नसमेत निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीकै चासो बढेपछि गत वर्षहरूमा असार मसान्तमा बजेट फ्रिज हुनबाट जोगाउन हतारहतार काम हुने गरेकोमा यसपटक भने हिउँदमा नै विकासको काम देखिन थालेको छ ।

उपत्यकाका विभिन्न सडकमा केही दिनदेखि पुराना सडकमा पिच गर्ने काम भइरहेको छ । उपत्यकाका सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने काम पनि धमाधम भइरहेको हो । प्रधानमन्त्री कार्यालयले नै सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने कामको अनुगमन गरिरहेको पाइएको छ ।राजधानी दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।