साग फुटबल : भुटानलाई ह’राउँदै नेपालले जि’त्यो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो ।

नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ । नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५३औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे ।

यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।