सागमा नेपालको ऐतिहासिक सफलता, ५१ स्वर्णको किर्तिमानी

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । आफ्नै भूमिमा आयोजना गरिएको सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित २०२ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ ।

नेपालले फुटबलको फाइनल जितेको छ । फाइनलमा भुटान इतिहास रच्दै फाइनलमा पुगेको थियो । तर, उसको स्वर्ण जित्ने उद्देश्य पूरा हुन सकेन ।

नेपालले पौडीमा ऐतिहासिक स्वर्ण जित्यो । गौरिका सिंह एक्लैले चार स्वर्ण जितिन् । उनले व्यक्तिगत किर्तिमान समेत बनाएकी छिन् । नौवटा स्पर्धामा भाग लिएर गौरिकाले सबैमा पदक जितिन् ।

एथलेटिक्सको मध्यम दूरीमा पनि नेपालले स्वर्ण जित्यो । म्याराथनमा दुई दशकपछि स्वर्ण जित्ने सफलता हासिल गर्यो । मार्सल आर्टमा नेपालले सर्वाधिक पदक जित्यो । ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले कुल ५१ स्वर्ण जितेर लक्ष्य पार गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।