प्रधानमन्त्री ओलीले सागका पदक विजेतालाई विशेष प्या’केज घो’षणा गर्ने

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एशियाली खेलकुद सागका पदक विजेता नेपाली खेलाडीका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने भएका छन् । उनले सागमा पदक जित्ने खेलाडीलाई प्रोत्साहनस्वरुप प्याकेज घोषणा गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले घोषणा गर्ने प्याकेज मन्त्रिपरिषद्को बैठकले पारित गरी प्रदान गरिने भएको छ । यसका लागि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयका मन्त्री देखि मुख्यसचिव सम्मलाई निर्देशन दिइसकेका छन् । बिहिबार मन्त्रिपरिषद बैठक बसी सागका पदक विजेता खेलाडीका लागि विशेष प्याकेजको प्रस्ताव पारिने गरिने तय भएको छ ।

नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित कुल २०६ पदक जितेको छ । सरकारले स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई आर्थिक एवं अन्य पुरस्कार दिने तयारी गरेको छ । यसपटक नेपालले ऐतिहासिक सफलता हासिल गरेकाले खेलाडीलाई विशेष सम्मान गरिने तयारी समेत भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।