सिमसिमे पानीमा यसरी नगर परिक्रमा गराइयो सागका पदक विजेता खेलाडीलाई (भिडियो सहित)
काठमाडौं । बुधबारदेखि मौसममा आएको बदलीले मुलुकभर चिसो बढाएको छ । शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परेको छ । वर्षासँगै उपत्यकाको काँठक्षेत्र र उपत्यकाबाहिर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको छ । जस कारण काठमाडौं उपत्यकासहित मुलुकभर चिसो ह्वात्तै बढेको छ ।
झरी र चिसोको प्रवाह नगरी हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करणमा पदक विजेता नेपाली खेलाडीलाई काठमाडौंको विभिन्न स्थानमा नगर परिक्रमा गराइएको छ । खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, इन्द्रचोक, रत्नपार्क, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रको परिक्रमा गराइएको थियो ।


