फुटबलर विमल र दिनेशमाथि ९० साथै अञ्जन र सन्तोषलाई ४५ दिनको प्र तिब न्ध : ५० हजार ज रिवाना
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई का रवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत ज रिवाना गरिएको छ ।
विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई का रवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई नि लम्बन गरेको थियो ।
एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्र तिबन्ध लगाएको छ ।
चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद साग गुमाउनु परेको थियो ।


