वेलायतमा उधौली सम्पन्न
बेलायत । किरात राई यायोक्खा वेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएकोछ । धामी (नाक्छुङ) द्धरा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गर्दछ ।

वेलायतमा भएका चार जना धामी (नाक्छुङ) हरुलाई किरात राई यायोक्खा वेलायतको अध्यक्ष कल्पना राईद्धारा रित पुर्वक धामी बान्ने प्रस्ताव राखेका थिए । धामीहरुले प्रस्तावलाई स्विकार गरे पश्चात खोटाङ जिल्लाका पूर्व सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिल वहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए ।
धामीहरु किताव शेर राई र टाईटेक्स् फल्माछाद्धारा आफ्नै घरमा पानीको पुजा सम्पन्न गरि साकेला पुज्न उपस्थित हुनु भएका थिए । किरात राईहरुको आफ्नै भुमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पुजा गरेपछि साकेला थानमा गई उधौली पुजा गरेका थिए । एक आपसमा उधौलीको शुभकामना आदन प्रदान गर्दै ढोल र झेम्टाको तालमा साकेला नाचेका थिए । अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुद्धारा विधि र संस्कारगत पुजा सकेपछि उधौली सम्पन्न भएको थियो । -काङ्माङ् नरेश


