पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिऊँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारी बीच ठूलो अन्तर वि’रोध चलिरहेको बताएका छन। नेता र कर्मचारीबीचको अन्तर वि’रोधले राजनीतिक परिवर्तनहरु सं’कटमा परेको उनले बताए । ‘राणा शा’सन ढ’लेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढ’ल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र नेपाल आयो, हामी नेता फे’रियौ तर कर्मचारी फेरिएन’, उनले भने, ‘पुरानै मा’नसिकता बोकेका कर्मचारीका कारण जति राजनीतिक परिवर्तन भए पनि देश सफल हुन सकेन ।’

सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनमा बोल्दै उनले पुरानो मानसिकता बोकेका कर्मचारीलाई ससम्मान बि’दा नदिएसम्म परिवर्तनको महसुस जनताले गर्न नपाउने बताए । एउटा सामान्य कामका लागि पनि स्थायी सर कार मानिने कर्मचारीले त’नाव दिने गरेको उनले बताए । ‘जब नेता कर्मचारीसँग जान्छ, कर्मचारी यो नियम, त्यो विधि भन्दै नेताहरुको दिमाग खराव बनाउँछ’, उनले भने, ‘यसरी विकास र समृद्धि हुँदैन ।

पुराना कर्मचारीलाई ससम्मान बिदा नै दिनुपर्दछ ।’ उनले ठुला–ठुला राजनीतिक परिवर्तन ठुलो तपस्या र बलिदानीबाट आउने तर कार्यान्वयन गर्ने कर्मचारीको मानसिकता पुरानै हुँदा सवै राज्य ब्यवस्था असफल भएको बताए । ‘सानो मेहेनतबाट जनताको संविधान बनाएका होइनौ तर कर्मचारीको पुरानो मानसिकताले संविधान कार्यान्वयन हुन सकेन’ प्रचण्डले भने । कर्मचारीकै कारण संघियता असफलतातिर गएको टिप्पनी पनि उनले गरे ।

‘संविधान र हामी परिवर्तन कारीहरु अधिकार तल दिने गरी संघियताका पक्षमा छौ तर कर्मचारीहरु बिस्तारै केन्द्रतिर सवै अधिकार ल्याउन खोजिरहनु भएको छ’, उनले भने, ‘उहाँहरु केन्द्रीकृत शासन ब्यवस्थाबाट आएको हुनाले यस्तो समस्या पैदा भएको हो।’ उनले तोकेका ठाउँमा नजाने, प्रदेश र स्थानीय तहको नाम नै सुन्न चहाने कर्मचारीलाई सहुलियत दिएर भएपनि विदा गर्नुपर्ने बताए ।

कतिपय कर्म’चारीका कारण संविधानले दिएको अधिकार पनि केन्द्रमा खोस्ने काम भएको भन्दै उनले आक्रोस पनि पोखे । ‘स्थानीय तह र प्रदेशका अधिकार स्थायी सरकार भनिने कर्मचारीले केन्द्रतिर विस्तारै लिन थालेका छन् । उहाँहरुको दिमाग, संघिता भन्दा केन्द्रीयतातिर गयो’, उनले भने, ‘ युद्धबाट शान्तिमा आयौ, संविधान बनाऔ, तर संविधान कार्यान्व्यन गर्न नसकेर हात्ति छिरयो, पुच्छर अड्क्यो जस्तो भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।