पीपीएल : आज दुई खेल, पहिलो खेल विराटनगर र धनगढीबीच हुँदै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज प्रतियोगितामा आज पहिलो खेल खेल्दैछन् । पोखरा रंगशालामा हुने दुई टोलीबीचको खेल बिहान ९ः०० बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा हुनेछन् । प्रदीप ऐरीको कप्तानीमा विराटनगर मैदान उत्रँदा धनगढीको नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा हुनेछ ।

सोमबार नै हुने अर्काे खेलमा काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा काठमाडौंलाई जित्नैपर्ने दबाब छ । पहिलो खेलमा काठमाडौं घरेलु टोली पोखरा पल्टनसँग पराजित भएको थियो । यता बुटवल आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । बुटवल सोमपाल कामीको कप्तानीमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।