केन्यामा पदक बिजेता खेलाडिलाई पूर्वमन्त्री ढकालले गरे सम्मान

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई े १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडिहरुलाई सम्मान गरिएको छ ।

पीस एम्बेसी भवन नक्सालमा सोमबार पूर्वमन्त्री एकनाथ ढकालले बिजेता खेलाडिहरुलाई माला लगाएर सम्मान गरेका हुन् । यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता तोङ्ग ईल मोदो संघ नेपालका खेलाडि नम बिष्टले (कैलाली) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जयबहादुर तामाङ (गोरखा) १ रजत (फाईट) १ रजत (सामुहिक काता) १ कास्य (एकल काता) र मंगल शाहीले (सुर्खेत) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।

प्रतियोगितामा बिश्वको २५ देशले सहभागिता जनाएको थिए । बधाई कार्यक्रम पछि बोल्दै पूर्वमन्त्री एकनाथ ढकालले खेलाडीहरुलाई देशको नाममा स्वर्ण पदक सहित ४ रजत र २ कास्य जितेर गौरव बढाउने कार्य गरेका बताए । तोङ्ग ईल मोदो संघका अध्यक्ष सन्तोष कुमार पौडेल अध्यक्षतामा सम्पन भएको कार्यक्रममा बिश्व शान्ति तथा एकृकित परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा तथा संघका केन्द्रिय पधादिकारी हरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖